।। पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ । हिजो प्रधानमन्त्री ओली, प्रचण्ड र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा एक नेताले बताएका छन् । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको थियो । यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here