गौर ।। मा पूर्व मन्त्री अफता आलमको रौतहट जिल्ला अदालत गौरमा चलिरहेको बहस आज दशौ दिनमा बहस सकिएको छ । बहस सकिए पछि आजै साझ अवेर सम्ममा रौतहट जिल्ला अदालतबाट थानमा राख्ने वा नराख्ने भन्ने आदेश आउने अदालत श्रोतले जनाएको छ ।
आदेश आउन करिव २—३ घण्टा लाग्ने सक्ने रौतहट जिल्ला अदालतका श्रेस्तेदार उप सचिव गुनराज पराजुलीले जानकरी गराएको छ ।
यसै विच राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मो. अफताव आलमले घटना नै नभएको पुरानै दाबी दोर्होयाएका छन् ।
जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’ राजपुरमा बम विस्फोटको घटना नै नभएको उनको दाबी छ ।
राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here