काठमाडौं ।। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ । स्वदेश फर्किनुअघि आज उहाँले काठमाडौंको चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नुहुनेछ । राष्ट्रपति हमिद आज बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका रहेको छ । सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आउनुभएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर अवलोकन गर्नुभएको थियो भने हिजो उहाँ पोखरा भ्रमणमा जानुभयो । बुधबार दिनभर भने उहाँ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको थियो । पोखरामा उहाँले फेवातालमा डुङ्गा सयर गर्नुभयो भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आज अपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुहुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here