काठमाडौं ।। सरकारले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति दिन बन्द गरेको छ । अब बिदामा आएर पुनः त्यसै कम्पनीमा फर्कन चाहने कामदारले भिसामा उल्लेखित पेसा र गरिरहेको काम समान भएको कागजात देखाउनुपर्नेछ । यो निर्णयले बिदामा नेपाल आएका श्रमीक समस्यामा परेका छन् । खोटाङका बुद्ध बस्नेत सवारी चालक भिसामा बैदेशिक रोजगारीको लागि कतारमा जानुभएको थियो । सवारी चालक भिसामा कतार पुग्नुभएका उहाँले काम भने प्रशासनिक गर्दै आउनुभएको छ । जब उहाँ बिदामा नेपाल आएर फेरि फर्किन थाल्नुभयो, चालक भिसा अनिवार्य भनियो, उहाँ कतार फर्कन पाउनुभएन । काठमाडौंकै प्रदिप रावल पनि सवारी चालक भिसामै कतार पुगेर प्रशासनिक काम गर्नुहुन्छ । तर घर बिदामा आएर फर्कने बेला सवारी चालकको भिसा खोजियो । उहाँलाई समस्या प¥यो । पछि कतारस्थित कम्पनीबाट पत्र आएपछि मात्र पुनः श्रम स्वीकृति लिन पाउनुभएको छ । रोजगारदाताले भिसामा उल्लेख गरेको पेसा र पद अनुसार काम नदिँदा नेपाली कामदारले स्थानीय कानुन अनुसार पाउने सेवा–सुविधा नपाएको भन्दै बैदेशिक रोजगार विभागले कडाइ गरेको हो । तर बिदामा नेपाल आइसकेका कामदारको हकमा वैकल्पिक व्यवस्था गरिएको विभागका निर्देशक एवम् सूचना अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो । विभागले एकसाता अघि गरेको यो निर्णयबाट सवारी चालक, अपरेटर लगायत प्राविधक भिसामा गएका नेपाली बढी प्रभावित भएका छन् । खाडी मूलुकमा कार्यरत नेपाली कामदारले विभागले गरेको यो निर्णय ‘अव्यावहारिक’ भएको गुनासो गरेका छन् । आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले पनि यो निर्णय अव्यवाहारिक भएको प्रतिक्रिया दिएका छन् । वैदेशिक रोजगार ऐनको दफा १४ र १९ मा स्पष्ट काम, तलब, कम्पनी लगायत विवरण पूर्व स्वीकृति र अन्तिम स्वीकृतिमा एउटै हुनुपर्ने उल्लेख छ । दफा ५५ मा एउटा कम्पनी भनेर अर्को कम्पनी, एउटा काम भनेर अर्को काममा पठाउने वैदेशिक रोजगार व्यवसायीलाई एक लाख जरिवानाको व्यवस्था गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here