रौतहट ।। रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पतौरा स्थित पुरातात्विक शिव मन्दिरमा मधानी महोत्सव आयोजना हुने भएको छ ।
उत्खननबाट उक्त शिव मन्दिर १२ सय वर्ष अघिको रहेको पुष्टि भइसकेपछि पुरातत्वसँग जोडिएको उक्त मन्दिरलाई रास्ट्रिय तथा अन्तर्रास्ट्रियकरण गर्नलाई मधानी महोत्सवको आयोजना गर्न लागिएको हो ।
प्रदेश नं २ का नेकपा अध्यक्ष प्रभु साह र स्थानीयवीच बुधवार भएको छलफलमा सहभागीहरुले मन्दिरको महत्व र प्रचार प्रसारको लागि महोत्सव आवश्यक रहेकोमा जोड दिएका थिए ।
पुर्व मन्त्री समेत रहनुभएका प्रभु साहले हिन्दुहरुको धार्मिक आस्थासँग जोडिएको शिव मन्दिरलाई व्यवस्थीत र पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने कार्यको पहलो खुरकिलो सरह मधानी महोत्सव प्रमाणित हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
एक दशक अघि उत्खनन भई प्रकाशमा आएको पुरातात्विक महत्वसँग जोडिएको शिव मन्दिरको पुर्वाधार निर्माण तथा मन्दिर परिसर क्षेत्रमा सहरीकरण तथा सौन्दर्यीकरण हुनुपर्ने स्थानीयहरुले माग गरेका थिए ।
सर्वपक्षिय बैठकमा बरिष्ठ पुरातत्वविद ताराकान्त मिश्र, मौलापुर नगरपालिकाका उप मेयर गौरीशंकर जयसवाल, नेकपा नगर अध्यक्ष नागेन्द्र साह, ईन्जीजनीयर अशोक साह लगाएको उपस्थिती रहेको थियो ।
रौतहटको पतौरा स्थित शिव मन्दिरमा मधानी महोत्सव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।