काठमान्डु ।। देशभरीका सामुदायिक विद्यालयका शिक्षकहरुले समयमा तलव नपाएको गुनासो गरेको छन् । संघीय संरचनामा शिक्षा सम्बन्धी अधिकार स्थानीय सरकारलाई नै शिक्षकको तलब खुवाउने व्यवस्था गरिएपनि आफूहरुले समयमा तलव नपाएको उनीहरुले बताएका हुन् ।

मुुगुुको सोरु गाउँपालिकास्थित ज्ञानमाला माध्यमिक विद्यालयका शिक्षक धर्मबहादुर मल्लले साउनदेखि आफूले तलब नपाएको गुनासो सीआईएसँग गर्नुभयो । मुगु मात्रै होइन, धनुुषाको मिथिला बिहारी नगरपालिकास्थित जगरुप साह राम पुकार साह माध्यमिक विद्यालयका शिक्षकहरुलेपनि साउन महिनादेखिको तलब पाएका छैनन् । केन्द्र सरकारले स्थानीय सरकारले माग गरे अनुसार एक वर्षको तलब एकमुुष्ठ नै पठाइसकेको छ ।

तर राजनीतिक तनाव र शिर्षक अनुसार बजेट छुट्याउन नसकेकाले तलब खुुवाउन नसकेको भन्दै स्थानीय सरकारले कारण देखाउने गरेका छन् । दार्चुला, सर्लाही, बारा, मोरङ लगायत अधिकांश जिल्लाका स्थानीय सरकारले शिक्षकको तलब निकासा गर्न सकेका छैनन् । सरकारको नियम अनुसार मासिक रुपमा तलब खान पाउने व्यवस्था गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कार्यक्रम प्रमुख घनश्याम अर्यालले सीआईएनसँग बताउनुभयो ।

अहिले सामुदायिक विद्यालयमा देशभर २० हजारभन्दा बढी शिक्षकले पढाइरहेका छन् । स्थानीय सरकार गठन हुनुुभन्दा पहिले मासिक रुपमै तलब पाउने गरेका उनीहरुले अहिले ४ महिना कुर्नु परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here