File Photo

काठमान्डु ।। कृषि विभागका अनुसार देशका ६७ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । त्यसमध्ये २५ प्रतिशत किसान व्यावसायिक रुपमा कृषि पेशामा लागेका विभागको तथ्याङ्क छ ।

व्यवसायीक खेति गरी आम्दानी लिन चाहने किसानहरुले बाली लगाउनु अघि नै पर्याप्त योजना बनाउन विज्ञले सुझाव दिएका छन् । बाली र बीऊको छनोट, उपयुक्त हावापानी र माटो, लागत, उत्पादन पछि बजारको अवस्था, जस्ता कुरामा पहिले नै योजना बनाउनुपर्ने बरिष्ठ बागबानी विकास अधिकृत नारायण काफ्ले बताउनुहुन्छ ।

धेरै उत्पादन लिने आश गरिएका बालीहरुमा रोग किरा लाग्ने, फल नदिने समस्या पनि देखिन सक्छ । त्यसको लागि पनि किसान पहिले नै तयारी हुनुपर्ने कृषि विज्ञहरु बताउँछन् । तरकारी तथा नगदे बाली लगाउँदा प्राकृतिक प्रकोपको जोखिम हुन्छ, बिभिन्न रोग किराको आक्रमण हुन सक्छ । त्यसको लागि बालीको बीमा गराउनुपर्ने अधिकृत काफ्लेले बताउनुभयो । बाली लगाउनु भन्दा अगाडि नै किसानले मल र बजारको सहजै पहुँच हुने स्थानको छनोट गर्नुपर्छ ।

बाली लगाएपछि बालीको स्याहार गर्ने तरिकादेखि बालीबाट हुन सक्ने घाटा र संभावित बिकल्पको बारेमा पनि पहिले नै तयार रहनुपर्ने कृषि अधिकारीहरुको सुझाव छ । नजिकको कृषि ज्ञान केन्द्र, कृषि विभाग वा कृषि विज्ञहरुसँग बुझेर मात्रै बाली लगाए जोखिम कम हुने बाली विज्ञहरु बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here