काठमान्डु ।। काँग्रेस सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।
कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिलेशीय विन्दु भएको समेत उहाँले बताउनुभयो । नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताउनुभयो ।
यसबारे आफूले भारतमा समेत बोलेको उहाँले सुनाउनुभयो । तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उनले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।