काठमान्डु ।। डा. गोविन्द केसीले आमरण अनसन स्थगित गर्नुभएको छ । देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उहाँले अनसन स्थगित गर्नुभएको हो ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन ।

आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छः विज्ञप्तिमा उल्लेख छ । यसअघि आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि प्रमुख विपक्षी नेपाली काँग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको थियो ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता गरेर उहाँका जायज मागहरु पुरा गर्न आग्रह गर्नुभयो । सातबुँदे माग राखेर डा. केसी ८ दिनदेखि डडेल्धुरामा अनशनमा बस्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here