जनकपुरधाम ।। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ ले देशभित्रकै परदेशको व्यवहार भोग्नु परेको गुनासो गरेका छन् ।

‘यो नेपालभित्रकै प्रदेश हो भने किन यत्रो विभेद ?’ जनकपुरधाममा शुरु जारी साहित्यिक महोत्सवको ‘प्रदेश र परदेश’ सत्रमा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रश्न गरे, ‘ के यो भूमि विदेश हो ? म विदेशबाट आएर मुख्यमन्त्री बनेको हुँ ?’

आफूले समेत देशभित्रकै प्रदेशको मुख्यमन्त्री भएको अनुभूति गर्न नपाएको  उनले सुनाए । ‘यो देशभित्रकै प्रदेश हो र प्रदेशको मुख्यमन्त्री हुँ यस्तो अनुभूति म के मा गरौं ?’ राउतले भने, ‘संघले हरेक काममा अवरोध गर्दै आएको छ ।’

अरुलाई विदेश जान दिने, मलाई नदिने ?

मुख्यमन्त्री राउतले संघ सरकारप्रति गुनासोहरु मात्र पोखेनन्, आरोप पजि लगाए । उनले संघ सरकारले प्रदेश २ सरकारलाई घेराबन्दी गर्न खोजेको आशय प्रकट गरे ।

‘प्रदेश २ को मुख्यमन्त्री जनकपुरधामबाट निस्क्यो भने के-के भइहाल्छ भन्ने मानसिकता केन्द्र सरकारमा छ’ उनले भने, ‘कर्मचारीतन्त्रमा पनि त्यहीं मानसिकता छ ।’

अरु मुख्यमन्त्रीलाई विदेश जान दिएको तर आफूलाई भने रोकेको सुनाउँदै उनले भने, ‘(प्रदेश १ का मुख्यमन्त्री) शेरधन राई २/३ पटक अमेरिका पुगिसक्नु भएको छ । अहिले पनि खोज्नुभयो भने मुख्यमन्त्रीहरु अमेरिका र यूरोप जान पाउनुहुन्छ ।’

तर आफूले अमेरिका जान राहदानीका निम्ति धेरै संघर्ष गरेपनि नपाएको गुनासो गरे । ‘राहदानीका निम्ति मुख्यमन्त्री कार्यालयका सचिव १० दिनसम्म खटे । म आफैं पनि प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रालयका सचिवलाई फोन गरेँ’, राउतले भने, ‘मुखमा हँ-हँ भन्ने र लटपटाउने काम मात्रै भयो ।’

प्रदेश २ सरकारले ले संविधानमै रहेका व्यवस्थालाई टेकेर अगाडि बढ्दा समेत संघले अवरोध गर्ने गरेको उनको गुनासो छ । ‘प्रहरी ऐन ल्याउँदा आफ्नै प्रहरी राख्छ भनेर अवरोध भयो’, उनले भने, ‘यस्ता धेरै ठाउँमा अवरोध खेप्नुपर्ेको छ ।’ कानून निर्माणको सन्दर्भमा एउटा प्रकृयामा पुगिसकेपछि सिंहदरबारबाट एक जना शाखा अधिकृत र सचिवको निर्णय गरी पठाइदिने गरेको बताउँदै उनले प्रश्न गरे, ‘के यो सिंहदरबारको विकासे अड्डा हो ?’

एक पटक सबै प्रदेशलाई बराबर बजेट दिएको संघ सरकारले अरु प्रदेशलाई भित्रभित्रै पुनः बजेट दिने गरेको तर प्रदेश २ मा दातृ निकायलाई आउन नदिइरहेको बताए । प्रदेश २ लाई हेर्ने दृष्टिकोण परिर्वतन नभएको भन्दै उनले भने, ‘दातृ निकायहरु काठमाडौं आउँदा अन्य प्रदेशमा पठाइन्छ, यहाँ पठाउँदैन ।’

संघीयता नरुचाउनेहरु नेतृत्व तहमा छन्

समाजवादी पार्टीका नेता समेत रहेका प्रदेश २ का मुख्यमन्त्री राउतले संघीयता नरुचाउनेहरु नै नेतृत्व तहमा पुगेको बताए । ‘हिजो संघीयतामा जान नचाहनेहरु नै अहिले नेतृत्व तहमा आएका छन्’ उनले भने, ‘कार्यान्वयन गर्ने ठाउँमा संघीयता नचाहनेहरु पुगेपछि यस्तो समस्याहरु आएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगै नेपाली कांग्रेसमा संघीयता नचाहने ठूलो जमात रहेको भन्दै उनले ९० प्रतिशत कर्मचारीले पनि संघीयता नचाहेको बताए । श्राेत :- अनलाइनखबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here