file photo

काठमान्डु ।। सरकारले कृषि पेशा गर्न चाहाने युवाहरुलाई लक्षित गरी विशेष अनुदानको कार्यक्रम ल्याउने भएको छ । जसअन्तरगत कृषि र पशु क्षेत्रमा उद्यम गर्न चाहाने युवाहरुको लागि २० लाखसम्मको अनुदान रकम सरकारले दिने भएको हो । कृषिमा युवाहरुको आकर्षण भएपनि लगानी गर्ने रकम र बजारको अभावका कारण उनीहरु निराश भइरहेका छन् । कृषि उत्पादनको आयातलाई घटाउन र युवाहरुलाई स्वरोजगार बनाउन सरकारले युवा लक्षित अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस कार्यक्रम अन्तरगत पाँचसय युवालाई स्वरोजगार बनाउने लक्ष्य सरकारको छ । यसका लागि सरकारले ५० करोड बराबरको रकम विनियोजन गरिसकेको छ । यो कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कृषि तथा पशुपन्छि विकास मन्त्रालयका बजेट तथा कार्यक्रम शाखा प्रमुख लालकुमार श्रेष्ठले बताउनुभयो । युवा लक्षित अनुदान कार्यक्रम प्रदेश नम्बर १ को ४, २ को ३, प्रदेश नम्बर ३ को ४ तथा गण्डकी प्रदेशको चार जिल्लामा सञ्चालन हुनेछ । नमूनाको रुपमा सञ्चालन हुन लागेको यो कार्यक्रम प्रदेश ५ को ५, कर्णाली प्रदेशको २ र सुदुरपश्चिम प्रदेशको २ जिल्लामा लागू हुँदैछ । २५ जिल्लामा सञ्चालन हुने यो कार्यक्रम १८ देखि ४५ वर्षसम्मका युवाहरुलाई लक्षित गरिएको छ । तरकारी, फलफूल खेती र नर्सरीको लागि रकम दिईनेछ भने पशुपालनतर्फ दूध उत्पादन, मासुमा कुखुरा बाहेकका पशुपालन, माछा र बाख्राको स्रोत केन्द्र स्थापनाको लागि यो रकम उपलब्ध गराईने मन्त्रालयले जनाएको छ । अनुदान लिन चाहने युवाले आफ्नो पूर्ण योजनासहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाईको जिल्लास्थित कार्यालयमा निवेदन दिन सक्नेछन् । यस्तै, कृषि विभाग र पशु सेवा विभागमा पनि निवेदन दिन सकिनेछ । युवाको योजना स्वीकृत भएको खण्डमा स्थानीय बैंकहरुबाट किसानको खातामा पैसा पठाईनेछ । यो कार्यक्रममा युवाहरुलाई समावेश गर्नको लागि नेपाल सरकारले अनलाईन मार्फत् फारम भर्ने व्यवस्था गर्दैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषिमा युवा उद्यम सञ्चालन प्रक्रिया २०७६ स्वीकृत भइसकेको छ । मन्त्रालयले यसलाई अन्तिम स्वीकृतिका लागि अर्थमन्त्रालय पठाउने तयारी गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here