काठमाडाैं ।। आज विश्व रेडियोग्राफी दिवस । हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ । एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ । अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here