काठमाडाैं ।। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता आज गरिने जानकारी दिएको हो । स्थानीय तहको मनोनयन दर्ता गर्ने मिति कार्तिक २७ गतेका लागि तोकिएको आयोगका प्रवक्ता राज कुमार श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना पनि हिजै गरिसकिएको आयोगले जनाएको छ । यो निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा ३७ जना जिल्ला न्यायाधीश खटिंदैछन् भने न्याय सेवाका ५२ जना उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने तयारी रहेको छ । साथै विराटनगर, काठमाडौै र नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरुको निर्वाचन सञ्चालनका लागि व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोगको भनाइ छ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि निर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतहरुको लागि कार्यालयहरु स्थापना यसअघि नै गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज मनोनयन दर्ताका लागि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here