पाेखरा ।। कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ।

बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोटको आवाज आएको थियो।

भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छन्।

बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले  जनाएको छ। बम विस्फोटको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन।

 प्रहरी घटनास्थलमा पुगिसकेको छ।

श्राेत ःःसेतोपाटी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here