काठमाडौं ।। पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महराको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी गराउदै, मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेन बताएको छ । महरालाई डिल्लीबजार कारागार लगिनेछ । संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।
महराको बयानपछि जिल्ला अदालत काठमान्डौमा आइतबार र सोमबार थुनछेक बहस भएको थियो । बहस सकिए पछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।