दिल्ली ।। भारतको नयाँ दिल्लीमा वायु प्रदुषणका कारण जनजीवन अस्तव्यस्त बनेको छ । वायु प्रदुषण उच्च विन्दुमा पनि पुगेको छ । बिगत केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँका जनजीवन अस्तब्यस्त बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतको उत्तरी क्षेत्र बढी प्रभावित भएका भन्दै हावाको गुणस्तर खतरनाक स्थितिमा पुगेको बताएका छन । जसका कारण हजारौं मानिस बिरामी पर्न सक्ने चेतावनी चिकित्सकहरुको छ । भारतका अधिकांश नागरिकलाई बिना काममा घरबाट बाहिर नन्स्किन अपील गरिएको छ । प्रदुषणकै कारण बन्द रहेका विद्यालय र कलेजहरु अहिलेसम्म खुल्न सकेका छैनन । हवाई उडानहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here