काठमान्डु ।। पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

आज काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले परिवर्तनकर्ताले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताउनुभएको हो ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै यस्तो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ता आफैं अफ्ठ्यारोमा पर्ने बताउनुभएको छ । यस अघि पूर्वराजा शाहले आफ्नो बहिनीको हातबाट तिहारको टिका लगाउनुभएको थियो । शाहले १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।

उहाँले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाउनुभएको हो । पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुग्नुभएको थियो ।

Previous articleमधेसमा भरदुतिया
Next articleरौतहट युथ नेटर्वक गठन
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here