काठमान्डु ।। पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

आज काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले परिवर्तनकर्ताले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताउनुभएको हो ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै यस्तो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ता आफैं अफ्ठ्यारोमा पर्ने बताउनुभएको छ । यस अघि पूर्वराजा शाहले आफ्नो बहिनीको हातबाट तिहारको टिका लगाउनुभएको थियो । शाहले १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।

उहाँले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाउनुभएको हो । पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुग्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीमधेसमा भरदुतिया
यसपछिको सामग्रीरौतहट युथ नेटर्वक गठन
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here