काठमाडाैं ।। नेपालमा बाल यौन दुराचार र यौन शोषणको घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । हिंसामा पर्नेमा दश वर्ष मुनिका बालकहरुको संख्या धेरै छ । प्रहरीको तथ्याङ्क अनुसार दश वर्ष मुनिका बालकहरुमाथि बढि यौन दुराचार र यौन शोषणको घटना हुने गरेको छ । गत वर्षको तथ्याङ्क अनुसार दश वर्ष मुनिका झन्डै १ सय ५६ जना बालकहरु पीडित भएका छन् । सार्वजनिक स्थानमा ललाईफकाई, प्रलोभनमा पारेर डरधाक देखाएर बालकमाथि यौन शोषण र दुराचार हुने गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले सीआईएनसँग बताउनुभयो । उहाँले २६ देखि ४५ वर्ष उमेर समूहका स्वदेशि तथा विदेशी पुरुषहरुबाट बालकहरु बढी शोषणमा पर्ने गरेको समेत बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here