काठमाडाैं ।। वुमन च्याम्पियन लिग (डब्लुसिएल) अन्र्तगत आज लिग चरणको अन्तिम खेल हँुदैछ । प्रतियोगितामा एउटा पनि जित हासिल गर्न नसकेका पोखरा पल्टन र ललितपुर फाल्कोनले लिग चरणको अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्न लागेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । दुवै टिम अन्तिम खेल बाँकी रहदै प्रतियोगिताको अघिल्लो समिकरणबाट बाहिरिसकेका छन् । आज मैदान उत्रदै गर्दा दुवै टिम सुखद बिदाईको प्रतिक्षामा हुनेछन् । पोखरा र ललितपुर अङ्क विहिन हुँदै प्रतियोगिताको पुछारमा रहेका छन् । यसअघि हिजो भएको खेलबाट चितवन राईनोज फाइनलमा प्रवेश गरेको छ । विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमै समेटियो । हिजै भएको अर्को खेलमा क्याट क्विन्स काठमाडौं प्ले अफमा पुगेको छ । ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै काठमाडौंले ४ खेलमा ६ अङ्क जोडेको छ भने ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here