राैतहट ।। समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको समायोजन कार्यक्रममा सहभागी भएका प्रदेश २ को आर्थिक मामिला तथा योजना मंत्री विजय यादवको पार्टी कार्यकर्त्ताहरुले चर्को विरोध गरेका छन ।
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको लहलहीमा आएका अर्थ मन्त्री यादवको आफ्नै पार्टीका कार्यकर्ताहरुले विरोध गरेका हुन ।
संघीय समाजवादी पार्टी र नया शक्ति एक ठाउमा एकीकरण भए पश्चात् जिल्ला कार्य समिति समायोजन गर्नलाइ रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रौतहट उद्योग वाणिज्य संघ को सभा हलमा बुधवार आयोजित पार्टी समायोजन कार्यक्रममा बल प्रयोग गर्दै विधान विपरीत कार्य गरेको भन्दै ५० जना जिल्ला सदस्य प्रतिनिधिहरुले कार्यक्रमको विरोध गर्दै कुर्शी समेत फलाफाल गरेका हुन ।
कृषि राज्य मन्त्री यादवको कार्य शैली देखेर आक्रोशित रहदै आएका समाजवादी पार्टी नेपालका कार्यकर्त्ताहरुले राज्य मन्त्री यादव लगायत अर्थ मन्त्री एवं पार्टीका प्रदेश अध्यक्ष समेत रहेका यादवको विरोध गरेका हुन । प्रदेश अध्यक्ष यादवले विधानको धज्जिया उदाउदै अरुको बहकाउमा परेर बलपूर्वक प्रहरीको सहयोग लिएर जिल्ला कार्य समितिको पदाधिकारी चयन गरेको पूर्व जिल्ला संयोजक विन्देश्वर यादवले आरोप लगाएका छन ।
६३ जना जिल्ला सदस्य भएको पार्टीको जिल्ला कार्य समितिको पदाधिकारी सदस्यहरुको बैठकबाट चयन गर्नु पर्ने वैधानिक व्यवस्थालाइ आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश अध्यक्ष यादवले वल पुर्बक पदाधिकारी चयन गरे पछि असंतुस्ट पक्ष हल्ला खल्ला गर्दै कार्यक्रम बहिस्कार गरेर हलबाट बहिरिएको बुझिएको छ ।
पूर्व जिल्ला उपाध्यक्ष श्याम विहारी यादवले बल जवरदस्ती पदाधिकारी चयन गरेकोले घोर भत्सर्ना गरेको प्रतिक्रिया दिएका छन । उनले बल पूर्वक ५० जना सदस्यको भावना विपरीत घोषणा गरिएको पदाधिकारीको निर्णय बदर नगरेमा सामानांतर जिल्ला कमिटी घोषणा गर्ने चेतावनी दिएका छन ।
रौतहट जिल्ला समन्वय समितिका उपाध्यक्ष समेत रहेका राम असीस राय यादवले पार्टी भित्र द्वन्द निम्त्याउने भएको प्रयासको कारण रौतहटमा पार्टी कमजोर हुने सम्भावना रहेको जिकिर गरेका छन । प्रदेश अध्यक्ष यादव र राज्य मन्त्री यादवको निरंकुशताको कारण पार्टी कमजोर हुने तथा मधेश आन्दोलनमा शहादत दिएका मधेशी वीरको सपना अधुरो रहने जिल्ला प्रतिनिधि हृदय नारायण यादवको भनाइ रहेको छ !
सरकारमा सहभागी भएर लूट तंत्र मचाएका मन्त्रीहरुले आफ्नो राज्य सत्ता जस्तै पार्टीलाइ चलाउने सोच लिएको चन्दन यादवले टिपण्णी गरेका छन । महिला सदस्य सलमा खातूनले आजको रवैयाले कार्तिक २ गते हुने पार्टी अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान मन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको कार्यक्रम प्रभावित हुने बताएकी छीन ।
जिल्ला सदस्य उपेन्द्र चौधरीले मधेशी जनताको हकÞ हित पिपरित कार्य गर्दै आएका राज्य मन्त्री यादवको कारण पार्टी दुइ भागमा बिभाजन भएको बताएका छन । उनले राज्य मन्त्री यादवको कार्यशैलीले पार्टीका ईमानदार कार्यकर्त्ताहरु दुखित भएको बताए ।
बल पूर्वक घोषणा गरिएको जिल्ला पदाधिकारीको नामावली संशोधन गर्नु पर्ने असंतुस्ट पक्षको मांग रहेका छन । आफ्नै कार्यकर्त्ताहरुले बेइज्जती गर्न लाग्दा २ भान प्रहरी बोलाएर प्रदेश अध्यक्ष र राज्य मन्त्री यादव १३ जनालाई शपथ ग्रहण समेत गराएको थियो ।