काठमान्डु ।। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाह पक्राउ परेपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले तत्काल रिहा गर्ने चेतावनी दिनु भएको छ ।
अध्यक्ष मण्डल सदस्य महतोले आफ्ना सांसद पक्राउ परेपछि कडा जवाफ दिने चेतावनी दिएका छन् । ‘अन्यायको विरोधमा बोल्ने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने ?’ महतोले संगम खवर सँग भने, ‘यो सरकार निरंकुश बन्दैछ ।’ राजपाले सांसद शाहलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । महतोले शाहको रिहाई नभए विरोधका कार्यक्रम गरिने बताए । विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको महतोले बताए ।
जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पठाइने भएको छ । सांसद शाहलाई मंगलबार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाएको छ ।
साँढे ११ बजे उड्नुपर्ने विमान दुई घन्टा ढिलो हुँदा भीआइपी कक्षमा सुविधा नदिएको भन्दै सांसद शाहले बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा तोडफोड गरेका थिए ।
सांसद शाह पक्राउ परेको अपराध महाशाखाका एसएपी सहकुल थापाले जानकारी दिए । उनलाई हिरासतमा राख्न जनकपुरमा प्रहरीको टोली तयारी अवस्थामा बसिसकेको बुझिएको छ । धनुषा प्रहरीका अनुसार उनीमाथि तोडफोड र अभद्र व्यवहार गरेको आधारमा कारबाही हुनसक्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here