।। विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले छनोट प्रतियोगिताको चौथो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो । जोर्डनको अम्मान रंगशालामा हुने खेलमा दुवै टोली जित हात पार्ने लक्ष्य सहित मैदान उत्रनेछ । तर, नेपाल भने ८ वर्ष अघिको हारको बदला लिन चाहन्छ । विश्वकप छनोट अन्तर्गत सन् २०११ को अक्टोबरमा भएको खेलमा नेपाल जोर्डनसँग ९–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो । फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो । तर पछिल्लो समय प्रर्दशनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अङ्क खोस्ने प्रयासमा हुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।