काठमाडौ ।। नेपाल र चीनबीच १७ बुँदे सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थीतिमा आइतबार बिहान सोल्टी होटलमा १७ बुँदे समझौता मपत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीहरुको समझदारी पत्र अदा प्रदमन गरेको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा समझदारीपत्र अदान प्रदान भएपछि राष्ट्रपति सी स्वदेश फर्कने तयारीमा रहेका छन् ।
समझदारीमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, पर्यटन लगायतका विषय रहेको बुझिएको छ । यस्तै काठमाडौ महानगरपालिका र चीनको नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा पनि सहमति भएको छ । ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here