रौतहट ।। “सर्बोकृस्ट जिवनका नियमहरु” नामक पुस्तकको बिमोचन एक कार्यक्रम विच समपन्न भएको छ । पुर्व मन्त्री एव नेकपा अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा शुक्रबार गरुडा नगरपालिकाको पोठियाहीमा आयोजीत कार्यक्रममा पुस्तकको बिमोचन गरिएको हो ।
लेखक राजेश कुमारद्वारा लिखित “सर्बोकृस्ट जिवनका नियमहरु” पुस्तक जीवनलाई एउटा नयाँ र उत्कृष्ट बाटोमा डोर्याउनमा पुस्तक एकदमै उत्कृष्ट सावित हुने बिशवास ब्यक्त गरिएको हो । पुस्तकको पहिलो खण्डमा उत्कृष्ट सफलताका नियमहरु अन्तर्गत स्वस्थ्य रहने तरिका, जीवनमा खाना र पानीको प्रभाव, मस्तिष्क तीक्ष्ण र कुनै कुरा लामो समयसम्म सम्झने तरिका, बालबालिकाहरुलाई उत्कृष्ट र वैज्ञानिक तरिकाले पालनपोषण गर्ने तरिका, स्मार्ट तरिकाले पढ्ने र पढाउने तरिका, पढाइ र सिकाइका मनोवैज्ञानिक तरिका, सुचना र सफलताका लागि आवश्यक अति महत्त्वपूर्ण कुराहरूलाई मनोवैज्ञानिक तरिकाले वर्णन गरिएको हो ।
विमोचना कार्यक्रममा क्षेत्र न ३ को कको प्रदेश सान्सद कुन्दन कुशवाहा ,मौलापुर नगरपालिकाकी मेयर रिना साह सहित बुद्धिजिबिहरुका उपस्थित रहेको थियो ।