रौतहट ।। रौतहट क्षेत्र नं. ३ मा एक सय जानी दुश्मनको रुपमा रहेको नेकपा प्रदेश नं. २ अध्यक्ष प्रभु साह र समाजवादी पार्टीका नेता नागेन्द्र यादव साह संग टिका लगाई नेकपामा प्रवेश गरेका छन् ।

तत्कालिन समयमा नेपाली काँग्रेसबाट मर्यादपुर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका नेता नागेन्द्र यादव पछिल्लो समय मधेश आन्दोलनमा सक्रिय भए पछि नेपाली काँग्रेस छोडी तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल प्रवेश गरेको थिए । पार्टी गरे लगतै उनी जिल्ला सदस्य समेतको जिम्मेबारी पाएका थिए । क्षेत्र नं. ३ मा वर्चस्व भएका नेता यादव र अध्यक्ष साह जानी दुशमनको रुपमा स्थापीत रहेको थियो । आम नागरिक सोचदै नसोचेका काम नेता यादवले नेकपामा प्रवेश त्यो पनि अध्यक्ष प्रभु साह संगै टिका लगाउनु रौतहटकै राजनितिमा तहल्का मचाए । यस सम्बन्धमा आम नागरिकले अहिले रौतहटको विकास पुरुसको रुपमा रहेको अध्यक्ष प्रभु साहको विकल्प नरहेकाले अवको समयमा सवैले उहाँ सगं मिलनुको विकल्प नरहेको स्थानिय रामेश्वर यादवले बताए ।

फोरम नेपालको विभिन्न पार्टी पछिको एकिकरण पश्चात समाजवादी पार्टी निर्माण भए पछि उनलाई पार्टीले जिल्ला सदस्य तथा मौलापुर नगरपालिकाको पार्टीको नगरकमिटिको अध्यक्षको जिम्मेबारी दिएको थियो । समाजवादी पार्टीले देश तथा मधेशको हकहितका लागि काम गर्न नसकेको र नेकपा नै देशलाई निकास दिलाउन सक्ने भएकाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेको नेपाल यादवको प्रतिक्रया रहेको छ ।

रौतहटको धरहरीमा बिहिबार आयोजित नेकपाको शुभकामना आदान प्रदान कार्यक्रमका विच नेता यादव नेकपामा प्रवेश गरेको घोषणा गरेको हो । आयोजित कार्यक्रममा नेता यादवलाई नेकपाका प्रदेश नं. २ का अध्यक्ष, रौतहट क्षेत्र नं. ३ का सांसद एवम पूर्वमन्त्री प्रभु साहले टिका तथा मालालगाई नेकपामा पार्टी प्रवेश गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here