मुगु ।। मुगु सदरमुकाम दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । बजार क्षेत्र वरिपरी र बिच बजारमा जथाभावि फोहोरहरु फालिएपछि बजार क्षेत्र दुर्गन्धीत बन्दै गएको हो । जिल्लामा फोहोर व्यवस्थापनका लागि बिभिन्न प्रयास भएको भएपनी फोहोर व्यवस्थापन हुन नसकेको हो । सदरमुकाममा व्यापारी तथा स्थानीय बासिन्दाहरुले बारम्बार अटेर गरी जथाभावी बजारमा फोहोर फाल्ने समेत गरेका छन् । बजारमा अझै पनि जताततै दिसापिसाब गर्नु, बजारमा सामान किन बेच हुदा प्लास्टीकको प्रयोग गरिनु, घर, होटल तथा शौचालयको उचित ढल निकास नहुदाँ बजारमा फोहोर बढ्दै गएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।