काठमाडाै ।। १० बुँदे माले घोषणापत्र जारी गर्दै सार्क शिक्षामन्त्रीको तेस्रो बैठक सम्पन्न भएको छ । माल्दिभ्सको राजधानी मालेमा सम्पन्न तेस्रो बैठकले सर्वव्यापी प्राथमिक शिक्षा, शिक्षामा सबै प्रकारका लैंगिक विभेदको उन्मुलन र सबै तहको शिक्षामा गुणस्तर सुधार लगायतका विषयमा पुनः प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गरेको हो । दिगो विकासको लक्ष्य ४ अर्थात् सन् २०३० सम्मको शिक्षाका लक्ष्यहरुको प्राप्तिका लागि सार्क सदस्य राष्ट्रहरुबीचको सहकार्यलाई सुदृढ बनाउँदै सार्क फ्रेमवर्क फर एक्सनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने कुरा घोषणापत्रमा उल्लेख छ । बैठकले दीगो विकासका लागि सार्क राष्ट्रहरुको कार्या ढाँचा (एसडीजीफो एजेकेशन २०३०ः फ्रैमवर्क फर एक्सन)लाई समेत अनुमोदन गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।