काठमाडाै ।। चीनका राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा प्राथमिकताका साथ उठाउने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि पर्सी काठमाण्डु आउन लाग्नु भएका राष्ट्रपति सीको भ्रमण २ दशकपछिको हुन लागेको छ । सीको नेपाल आउने मिति र समय टुङ्गो लागेपछि सरकारले एजेन्डा पनि तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उहाँ आउन लाग्नु भएको हो । राष्ट्रपति सीको आज भारत जाने र भोलि भारत हुँदै पर्सी नेपाल आउने कार्यक्रम तय भएको छ । चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ । बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ । सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउनु हुनेछ । नेपाली सेनाको नेतृत्वमा चिनियाँ सेनासहितको टोलीले सुरक्षा दिनेछ । सीलाई सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्नेछ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट पुफ्र गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । उहाँले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने र अन्य भेटघाट उहाँ बस्ने होटलमै गर्नुहुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here