https://www.facebook.com/watch/?v=382114796012261

रौतहट ।। रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गत राजपुर फरहदवामा शुक्रवार शान्तिपूर्ण एवं सौहाद्रपूर्ण बातावरणमा बेल नेवतन पूजा तथा कलश शोभा यात्रा संपन्न भएको छ ।
विगतको वर्षमा कलश शोभा यात्रा तथा गएको मुहर्रम पर्वमा छठ घाटमा गाडिएको इशलमीक झंडाको विषयमा भएको विबाद दोहरिने शंका उपशंका रहेको भएपनि मुस्लिम समुदायका अगुवाहरुको सद्भावपूर्ण प्रयासमा दुवै समुदायको सहभागितामा माता दुर्गा भगवतीको छैठौ स्वरूपको पूजनको अवसरमा निकालिएको भव्य रुपमा कलश यात्रा तथा बेल पूजन कार्यक्रम संपन्न भएको हो ।
विगतको वर्षहरुमा केहि अराजकतत्वले दुवै समुदायको विच द्वन्द गराएर सामाजिक सदभाव विगार्ने कार्य गरेको थियो । यस वर्ष पनि हिन्दू र मुस्लिम समुदाय विच विबाद उत्पन्न हुने संकेत देखा पर्न सकने सम्भावनाको मध्य नजर गर्दै स्थानीय प्रशासनले व्यापक रुपमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त परेका थिए ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य महमद आफताव आलम , राजपुर नगरपालिकाका नगर प्रमुख मोहमद शेख सकिल अख्तर , मोहमद महताव आलम , शेख नौशाद आलम लगायतका मुस्लिम समुदायका आगुवाहरुको सकारात्मक सोचको कारण दुवै समुदायको सहभागितामा बेलपूजन कार्यक्रम संपन्न भएको प्रति स्थानीयहरु हर्षित देखिएका छन ।
दुर्गा पूजा स्थलबाट निस्किएको कलश शोभा यात्रामा सांसद एवं पूर्व मंत्री आलमको नेतृत्वमा ५ सय भन्दा बढ़ी मुस्लिम समुदायका व्यक्तिहरु सहभागी भएर नगरपरिक्रमा गरेका थिए । गएको वर्ष मस्जिदको बाटो भएर कलश शोभा यात्रा गएको विषयमा विबाद उत्पन्न भएको थियो तर यसपाली त्यही ठाउ भएर शान्तिपूर्ण रुपमा ५ हजारको जनसँख्यामा बाजागजा सहित रहेको कलश शोभा यात्रा परिक्रमा गरेको हो ।
कलश शोभा यात्रा पछि संचारकर्मी सीत कुरा गर्दै सांसद आलमले सामाजिक सदभाव कायम राख्न आफु जून सुकै बलिदानी दिन त्यार रहेको बताए । शान्तिपूर्ण कलश शोभा यात्राले हिन्दू मुस्लिम साथ साथ रहेको सन्देश दिएको बताए । उनले भने सामाजिक सदभाव विगार्नेको आफ्नै मुखमा कालो पोतिएको छ ।
नेता आलमले सवै जात जाती ,धर्म ,महिला ,पुरुषले समाजको निर्माण भएकोले सवैको आ आफ्नो धर्म मान्नु पर्ने स्वतंत्रताको समरक्षण गर्नु पर्छ । पूजामा जगीको रुपमा बसेको समाजवादीपार्टी का नेता किरण साहले शान्तिपूर्ण बातावरणमा कलश यात्रा संपन्न गराउनेमा सहयोग गर्ने सवै प्रति आभार प्रकट गरेका छन ।
दुवै समुदायको सहभागिताले सामाजिक सदभावको एकताको सन्देश दिएको बताए । राजपुरमा विगतमा हुदै आएको विबाद अंत भएको सन्देश आजको सहभागिता सहयोगले दिएको प्रस्ट गरे । नेता साहले यस्तै सहयोग सहकार्यको आवश्यकता रहेको जोड़ दिए ।
राजपुरमा शान्तिपूर्ण संपन्न भएको कलश शोभा यात्रा प्रति विश्व हिन्दू परिसद जिल्ला कार्य समिति रौतहट धन्यवाद ज्ञापन गर्दै सामाजिक सदभाव कायम राख्न सवै सीत अपील गरेका छन । वड़ा दशैंको छैठौ दिन रौतहटको विभिन्न ठाउमा भव्य रुपमा कलश शोभा यात्रा सहित बेल पूजन कार्यक्रम संपन्न भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here