बारा ।। बारामा एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरि कार्यलय बाराका अनुसार फेटा गाउँपालिका–४ एकै घरभित्र दुईदाजु भाई परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकीभित्र भेटिएको हो । उक्त ट्यांकी मदिरा उतपादनको लागी बनाइएको खुलेको छ । बतरा टोलस्थित उक्त घरको ट्यांकीमा सोही घरका ४० वर्षिय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, १० वर्षकी छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षिय महेन्द्र मुखिया बिन र अर्का एकजना ब्यक्तिको शव पहिचान नखुलेका ति ब्यक्ती भारतिय नागरिक रहेको बताईएको बारा जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । सेप्टिक ट्यांकीभित्र ५ जनाको शव भेटिएको जानकारी बुधवार राति ८ बजेतिर जानकारी पाए लगतै जिप्रका बाराका प्रमुख एसपी विकासराज खनाल सहितको टोली त्यस तर्फ गएको छ । उनीहरुको मृतयुको कारण अहिले सम्म खुलेको छैन कि के कारणले भएको हो । घटना बारे थप अनुसन्धान हुदैँ छ।
एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।