जनकपुर । नेपाल टेलिकमले आज बुधवारदेखि प्रदेश २ को राजधानी जनकपुर लगायत देशका विभिन्न २६ वटा शहरमा फोरजी सेवा सुरु गर्दैछ । देशभर विसतार परियोजना अन्तर्गत पहिलो चरणमा आज बुधवार देखि सेवा सुरु गर्न लागेको नेपाल टेकिमका प्रबन्धक निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
टेलिकमले मुखय शहरहरु अन्तर्गत जनकपुर,विराटनगर,विरगञ्ज, हेटौँडा, भरतपुर,बुटवल,नेपालगञ्ज, धनगढी, इटहरी , दमक,धराण शहरमा फोरजी सेवा सञ्चालन ल्याउने छ ।
त्सस्तै सानो शहर अन्तर्गत रौतहट,सिरहा, महोतरी,धनकुटा,कपिलवसतु,नवलपरासी,बागलुङ,बर्दिया,कैलाली ,रुकुम,म्यागदी,पाल्पा,दाङ,पर्वत जिल्लाका सदरमुकाममा फोरजीसेवा सुरु हुने प्रबन्धक अधिकारीले जानकारी दिनुभयो ।
पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने निर्देशक अधिकारीले बताए । ‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।
नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।
फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम कार्यालयमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।