file photo

काठमान्डु ।। भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली उपभोक्ता प्रभावित भएका छन् । कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँसम्म पुगेको छ ।

सुकेको प्याजको खुद्रा मूल्य भने १ सय ५ रुपैयाँसम्म पुगेको छ । दसैँको मुखमा भारतले प्याज निर्यात रोके पनि तत्काल विकल्प खोज्न नसकिने सरकारले जनाएको छ । सीआईएनसँग कुरा गर्दै कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले हाल नेपालमा कति प्याज छ भनेर व्यवसायीसँग बुझिरहेको र सोही अनुसार सरकारले व्यवस्थापन गर्ने दावी गर्नुभयो । नेपालले चालु आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार २ सय ७८ किलो प्याजका विभिन्न प्रकार तथा १ लाख ६३ हजार १ सय ३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो ।
यसैबीच चितवनका किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विऊ नक्कली भएको हुनसक्ने आशङ्कासहितको प्रतिवेदन अध्ययन समितिले कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई बुझाएको छ । विऊ नक्कली भएनभएको एकिन विवरण भने डीएनए फिङ्गर प्रिन्ट परिक्षणपछि मात्र थाहा हुने मन्त्रालयले जनाएको हो । बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डिएनए परीक्षणको प्रक्रिया सुरु गरिसकेको समितिले जनाएको छ ।

धान रोपेको ७ दिनमा पात लाग्ने, पात लागेपछि मात्र डिएनए परीक्षण गर्न मिल्ने र त्यसको ३ दिनमा डिएनएको नतिजा आइसक्ने समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका बैज्ञानिक शुशीलराज सुवेदीका जानकारी दिनुभयो । गरिमा जातको हाइब्रिड भनिएको धानमा एकसय २० देखि २५ दिन भित्रपाक्नु पर्ने विशेषता हुनुपर्ने भए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here