रौतहट ।। शंकास्पद अवस्थामा रौतहटको राजपुर नगरपालिकामा एक बालिकाको खाल्डोमा डुवि मृत्यू भएको छ । स्थानीय वडा नं. ५ मा अवस्थीत बिधालय बनाउन खनिएको खाल्डोमा डुबेर गएराती बालीकाको मृत्यू भएको हो ।
स्थानीय निवासी लखेन्द्र साहको ७ वर्षीय छोरी प्रीयानसी साह श्री जनता माध्यमिक बिधालयमा ८ कोठा भवन निर्माणको लागि खनिएको खाल्डोमा विहिवार साझ डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
स्थानीयहरुका अनुसार, साझ डुवेका बालीकालाई विहान मान्छेहरुले देखेपछि मात्र थाहाँ भएकोले मृत्यु शंकास्पद भएको बताए । रौतहटमा खाल्डोको पानीमा डुबने यस्ता धेरै घटना भएपनि त्यस प्रति स्थानिय सरोकारवालाहरु सचेत नभएको देखिन्छ । यस घटनाको विषयमा थप अनुसंधान भईरहेको प्रहरीले बताएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।