रौतहट ।। तराइका जिल्लामा अझै पनि छोरीको विवाह गर्दा दाइजो दिने चलन नहट्दा समस्या हुने गरेको छ । दाईजो लिनु, दिनु गैह्र कानुनी भएपनि यो चलन अझै नहट्दा समस्या भएको छ ।

प्रदेश नम्बर २ का कतिपय ठाँउमा केटा पक्षले केटी पक्षलाई सिधै तोकेर दाईजो माग्ने गरेका छन् भने कतिपयले भने छोरीलाई विहे गरेर पठाउँदा खाली हात नपठाउने भन्दै आफै दाईजो दिएर पठाउने गरेका छन् । जसले गर्दा दाईजो प्रथा हट्न नसकेको स्थानीयहरुको भनाई छ । केटा पक्षबाट तोकेर नै दाईजो माग्नाले यसले समाजमा विकृति निम्त्याउन सक्ने खतरा पनि बढेको छ ।

कटहरिया नगरपालिकाका प्रमुख शियाराम कुश्वाहा दाईजो लगाएतका विकृतिलाई हटाउनको लागि नगरपालिकाले जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुहुन्छ । केही दिन अघि मात्रै दाईजोमा मोटरसाइकल नदिएकै कारण रौतहटमा एक महिलाको हत्या गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here