काठमान्डु ।। एक गाउँ एक कृषि प्राविधिक अन्तरगत काम गरिरहेका कृषि प्राविधिकहरु आन्दोलित भएका छन् । २०७२ सालदेखि सञ्चालित एक गाउँ एक कृषि प्राविधिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सरकारले एक गाउँ एक कृषि प्राविधिक कार्यक्रमका लागि ३० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर भदौ २९ गते अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले यो बजेट राजपत्र अनङ्कीत द्धितिय श्रेणीका कर्मचारीलाई हुनुपर्नेमा प्रथम श्रेणीका कर्मचारीलाई विनियोजन गर्ने निर्णय भएकाले आफूहरु आन्दोलनमा जानु परेको नेपाल कृषि तथा भेट्नरी प्राविधिक हकहित संरक्षण समितिका अध्यक्ष मनबहादुर रावलले सीआईएनसँग बताउनुभयो ।
असोज ५ गतेदेखि आन्दोलन सुरु गरेका कृषि प्राविधिकहरुले प्रधानमन्त्री, कृषि मन्त्री, अर्थ मन्त्री र अर्थ सचिवलाई ज्ञापनपत्र बुझाउनुका सार्थ कृषि र पुशुपन्छि विभागमा धर्ना दिएका छन् । पहिलो हप्ता शान्तिपूर्ण आन्दोलन गर्ने र आफूहरुको माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गरिने अध्यक्ष रावलले बताउनुभयो । एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम अन्तरगत हाल देशभर तीन हजार कृषि प्राविधिक कार्यरत छन् ।