बागमती।। रौतहटको चन्द्रपुर नगरपालिका वाडनं १ मा डेंगुको महामारी फैलिएको भएपनि सम्बन्धीत निकायले वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।
डेंगु नियन्त्रणका लागि रकम आएको भएपनि नगरपालिकाको स्वास्थ्य शाखाले औषधी छिटनुको साटो भत्ता सहितको गोष्ठि गरेको स्थानीयले बताएका छन् । चन्द्रपुर नगरपालिका वडानं १ मा मात्र एक दर्जन स्थानीय बासिन्दा डेंगु संक्रमित भएको र देशका बिभिन्न स्थानका अस्पतालमा उपचारमा रहेको स्थानीय बासिन्दा गोपाल घिमिरेले बताए । स्थानीय बासिन्दाले चन्द्रपुर नगरपालिकाले डेंगु नियन्त्रणका लागि प्रभावकारी काम नगरेको गुनासो गरेका छन् ।
बिगत केही बर्ष देखी चन्द्रपुर नगरपालिकाको वाडनं १ मा डेंगुका बिमारी देखा परेको भएपनि त्यसको नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले खासै गतिलो काम नगरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानले बताए । यस बिषयमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले अव नगरपालिकाले मच्छर मार्ने भाडो किन्ने तयारी गरिरहेको जानकारी दिए । श्राेत तराई एक्सप्रेस दैनिक