काठमान्डाै ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको छ । अमेरिकी तल्लो सदनका सभामुखले घोषणा गर्नु भएको हो । डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लंघन गरेको आरोप लगाउनु भएको छ ।

ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उहाँका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप पनि लगाइएको छ । ट्वीटमा राष्ट्रपति ट्रम्पले भने पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिनुभएको छ । महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ । यदि अनुसन्धान संसद्मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ । त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here