प्रतिकात्मक तस्विर

काठमाडौं ।। गत चैत १८ मा आएको हावाहुरीका कारण सबैभन्दा बढी बारा जिल्लामा क्षति भयो । असिना, पानी र हावाहुरीका कारण बारामा मात्रै १ हजार भन्दा बढी घरधुरी पूर्ण रुपमा क्षति भयो भने २७ जनाको मृत्यु भयो । पहुँचका भरमा एकैव्यक्तिले ४ वटासम्म घर पाएका छन् भने वास्तविक प्रभावित अझै पालमै बस्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

अघिल्लो वर्ष चैत १८ गते साँझ अचानक आएको शक्तिशाली हावाहुरीले सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियाका शशिभूषण प्रसाद यादवको सानो घर उडाएर लग्यो । जसको घर उडायो उसको घर सरकारले बनाइदिने भएपछि सूचीमा उहाँको नाम पनि पर्यो । तर, पाँच महिनापछि सेनाले घर हस्तान्त्रण गर्दा उहाँले घर पाउनुभएन । शशिभूषण मात्रै होइन देवताल गाउँपालिकाका रामेश्वर सहनीको नाम पनि सूचीबाट कहिले कसरी हटयो उहाँले पत्तो नै पाउनु भएन ।

सेनाले ८ सय ६९ घर निर्माण गरेर हस्तान्त्रण गरिसकेकाले अब कुनैपनि सरकारकाले त्यहाँ घर बनाउने योजना बनाएका छैनन् । अझैपनि फेटा, सूवर्ण, देवताल, प्रसौनी गाउँपालिका, कलैया उप महानगर र महागढीमाई नगरपालिकाका एक सय घरदुरी पालमै छन् । फेँटा गाउँपालिकाका गंगीया देवी आफूहरुले घर नपाउँदा बस्नको लागि निकै समस्या भएको बताउनुहुन्छ ।

राजनीतिक पहुँचमा रहेकाहरुले भने एकै परिवारका नाममा तीन, चारसम्म घर बनाएको पाइएको छ । सुवर्ण गाउँपालिका वडा सदस्य मन्तुरनी देवीले ३ घर र जटाहाप्रसाद यादवले ४ घर पाउनु भएको छ । सगोलमा बसेका परिवारमा दाजुईभाईले वडाध्यक्षको सिफारिसमा अलगअलग घर पाएका छन् । वडाध्याक्ष र गाउँपालिकाका अध्यक्षको सिफारिसमा जसको घर छ उसले थप घर पाएको पीडितहरुको गुनासो छ । गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव भने घर पाउनेहरु पनि वास्तविक पीडित भएका र वडाअध्यक्षले त्यसैकारण सिफारिस गरेको बताउनुहुन्छ ।

हावाहुरी, असिना पानीका कारण झन्डै ५० करोड बढिको क्षति भएको थियो । हामीले घर पाएनौ भन्दै पीडितहरु जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । तर, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सीआइएनलाई बताए अनुसार अब घर बनाउने र राहत दिन कुनै योजना बनेको छैन । श्राेत अाजकाे सीआईएनमा प्रसारीत समाचार हाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here