प्रतिकत्माक तस्विर

जुम्ला ।। जुम्लाका अधिकांश महिलाहरु हिजोआज घाँस काट्ने काममा व्यस्त भएका छन् । हिजोआज भएको घाँस काटेर सुकाएपछि हिउँदमा वस्तु भाउलाई खुवाउनका लागि सजिलो होस् भनेर महिलाहरु अहिले नै घाँस काटेर राख्ने गर्दछन् । महिलाहरु हरियो घास काटेर सुकाएपछि खर बनाएर राख्ने गर्दछन् । अहिले जुम्लाका धेरैजसो स्थानमा महिलाहरु घाँस काट्ने चटारोमा छन् ।

यो सिजन घाँस काटेर राखेमा हिउँदमा वस्तुभाउलाई खुवाउन सजिलो हुने भएकोले महिलाहरु अन्य कामहरु छाडेर घाँस काट्नमा व्यस्त भएका हुन । हिउँदमा स्याउला तथा घास नहुने भएकाले घाँस तथा पराल नै वस्तुभाउको आहाराको रुपमा रहन्छ । पछि गहुँ, जौ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले उनीहरुले अहिले घाँस भित्र्याउने कामलाई निरन्तरता दिने गरेका छन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर, घाँस काट्ने गर्छन् । हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले सिमी बाली भित्र्याएर घाँस भित्र्याउनमा लागेको चन्दननाथ नगरपालिका ३ का सुर्जा थापको भनाइ छ । जुम्लाका महिला यतिबेला दशैँको रमझममा रमाउनुभन्दा पनी घाँस काट्नमै व्यस्त हुने गरेको उहाँले जानकारी दिनु भयो ।

मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिएको अर्की महिला रमा बुढ्थापाले बताउनु भयो । जुम्लामा भदौ देखि मंसिर अन्तिम साता सम्म घाँस काट्ने गरिन्छ । काटेको घाँसलाइ घाम लामो समय सम्म नसुकाउन पशु विज्ञहरुले सुझाव दिएका छन् । घाँसमा भएको पौष्टिक तत्व खेर जाने भएको नसुकाउन उनीहरुले सुझाव दिएका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here