बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड हात पार्नु भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गयराति इटालीको मिलानमा मेस्सीलाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि पार्दै अवार्ड जित्नुभएको हो । यस्तै महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जित्नुभएको छ । यस्तै फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोप र महिलातर्फको अवार्ड जिल एलिसले जित्नुभएको छ । वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले हात पार्नुभयो भने सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड हात पार्नुभयो । फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जित्नुभयो भने फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।