प्रतिकात्मक तस्वीर

भोजपुर ।। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न हतियार सहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला सेके्रटरी बम विष्टलाई सार्वजनिक गरेको छ । प्रहरीले हिजो पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो ।

विष्टलाई अस्ति आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित पक्राउ गरिएको थियो । विष्टको साथबाट ६ राउण्ड र ४ राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल २ थान, ह्याण्ड ग्रिनेट एक थान बरामद भएको छ । त्यस्तै १२ वटा सिमकार्ड सहित दुई ओटा मोवाईल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगरले जानकारी दिनुभयो ।

पछिल्लो समय नगर क्षेत्रमा चन्दा आतंक गर्ने तथा अपराधिक घटना घटाउने योजना अनुसार प्रतिवन्धित विप्लव समुहका कार्यकर्ताहरु हातहतियार सहित घुमफिर गरी रहेका छन् भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरीबाट खटेको टोलीले भैसंपंखामा रहेको अँधेरी खोला नजिकै चेक जाँजका क्रममा विष्टलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मगरले बताउनु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here