राैतहट ।। दुर्गाभगवती गाउँपालिका–३ मत्सरीमा डिम्पल झा स्मृति छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा छोरी जन्माउने आमाहरूलाई नगद पाँच हजार रुपैयाँ वितरण गरिएको छ।
त्यसैगरी, शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत नगद छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा १२ मा ३.६ GPA ल्याएकी निकी रामलाई नगद १५ हजार रुपैयाँ र ज्योति सराफलाई पनि नगद २५ हजार रुपैयाँ र निशूलक रुपमा स्वास्थ्य बिना गरिरखेकि अंशु मिश्रा लाई पनि नगद १५ हजार रुपैयाँ  पुरस्कार स्वरूप प्रदान गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं नेपाल सरकारका पूर्वमन्त्री माननीय अनिल कुमार झा रहेका थिए। कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव,नेता रेवन्त झा, मैथिली ब्राह्मण संघका कोषाध्यक्ष नवीन झा, मनोज झा लगायत स्थानीय ,पत्रकार, भद्रभलाद्मी,अभिभावक, विद्यार्थिहरू र ज्येष्ठ नागरिकहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनिल कुमार झाले दिवंगत नेतृ डिम्पल झाले मधेस प्रदेश र आफ्नो गाउँ समाजका लागि गरेको योगदानलाई स्मरण गर्दै यस्तो प्रेरणादायी कार्यक्रम विरलै मात्र हेर्न पाइने बताए। उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा वडा अध्यक्ष डी.के. झालाई विशेष धन्यवाद समेत दिएका थिए

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here