वीरगन्ज ।। गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनु पर्ने कारण नभएको बताएका छन् । सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा यसप्रति जनाएको आपत्ति सही भएको तर्क उनले गरे । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो। हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन। त्यो भूमि हाम्रो हो। यसमा हामी प्रष्ट छौंँ ।’ गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको बताए । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनको भनाई थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here