काठमाडौं ।। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो।
राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ। उनले पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताए। उनले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरूको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताए ।
पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। अध्यक्ष नेपालले पार्टी सिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिए।पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनै पनि हालतमा छुट दिन नसकिने उनको भनाइ छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here