मुम्बइ ।। बलिउड अभिनेत्री परिणिती चोपडा छिट्टै आमा बन्ने भएकी छन् । उनले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
परिणिती र उनका श्रीमान तथा आम आदमी पार्टीका नेता राघव चड्ढाले आधिकारिक इन्स्टाग्राममा एक पोस्ट गर्दै आमाबुवा बन्न लागेको खुसीयाली साटेका छन् ।
उनीहरूले एउटा केकको तस्बिर पनि सेयर गरेका छन् जसमा ‘१+१=३’ लेखिएको छ। यसमा सानो बच्चाको पैतालाको छाप समेत देख्न सकिन्छ।
परिणिती र राघवले एक अर्काको हात समातेर हिँडिरहेको भिडिओ पनि पोस्ट गरेका छन् ।
यतिबेला बलिउड कलाकार तथा उनीहरूका फ्यानहरूले परिणिती र राघवलाई बधाइ दिइरहेका छन् । यो जोडीको विवाह सन् २०२३ को सेप्टेम्बरमा भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here