रौतहट ।। इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसूरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एवं रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ।
पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटमा घाइते भएका २३ जना व्याक्तिहरूलाई जिउँदै इँट्टा भट्ठामा हालेर हत्या गरेको कसूरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ बैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो। त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here