रौतहट । नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल राय यादव चयन भएका छन् । विहिबार र शुक्रबार सम्पन्न एकीकृत समाजवादी रौतहटको ९ औँ जिल्ल अधिवेशनले यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।
अधिवेशनबाट एकीकृत समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा मदन प्रसाद सापकोटा, सचिव बालकृष्ण श्रेष्ठ तथा उपसचिवमा रामबलि कुमार यादव , प्रविन्द्र प्रसाद पटेल , ब्रजेश सिंह चयन भएका छन् ।
तीन वर्ष कार्यकाल विताएका कमल यादव पुनः ९ औं अधिवेशनबाट चयन भएका हुन् । उक्त अधिवेशनको खुल्ला शत्र गरुडा चिनीमलस प्राङ्गनमा भएको थियो भने बन्द शत्र गोल्डेन ब्यांक्वेटको सभाहलमा सभ्य र भब्यका साथ सम्पन भएको हो । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।