रौतहट ।। रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

विहिवार साँझ मौलापुर नगरपालिका ३ स्थित नौलाखा गेट भन्दा १०० मिटर भित्र गम्हरिया जानेबाटोमा गम्हरिया बस्ने अन्दाजी ४५ वार्षिय सिता देवी साह कानुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी उपरिक प्रवेश कार्कीका अनुसार प्रदेश २ -०३-००१ त ३५२४ नम्बरको ट्याक्टरको ठक्करबाट महिला साहकी घटना स्थलमै मृत्यु भएको थियोे ।
विरामी रहेकी सिता देवी साहले उपचार गराउन मौलापुर जाने क्रममा सो दुर्घाटना भएको हो । ट्याक्टर र ट्रेक्टर धनी रामइश्वर साहलाई प्रहरीले नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here