बारा ।। बारा प्रहरीले ट्याक्टरको तेल ट्यांकी भित्र राखेर ल्याइएको ठूलो परिमाणमा ब्राउन सुगरको तस्करी गर्ने दुई जना भारतीय तस्करलाई बारास्थित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर ईनरवा पञ्चायत वडा २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अंसारी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् ।
विशेष सूचनाको आधारमा २७ गते दिउँसो साढे बजे जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाउँपालिका ३ चौतारा स्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो ।
चेकजाँचको क्रममा तेलको ट्याङ्की भित्र पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको ब्राउन सुगर १५८ ग्राम ९१० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन् ।
बरामद लागूऔषध ब्राउन सुगर, ट्याक्टर सहित दुवै जना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।





