रौतहट ।। बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ बालीमा व्यापक क्षति पुगेको छ। बुधबार राती देखि निरंतरता भैरहेको बर्षाले खेतमा पानी जमेर गहुँ भिज्न थालेपछि बालीनाली सड्न डर किसानहरूमा चिन्ता सताएको हो ।
जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको सयौं बिघा गहुँ बाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। वर्षासँगै आएको हावाहुरीले गहुँका बालाहरू लडाएको र खेतमा पानी जमेपछि अन्न कुहिन थालेको किसानहरूले बताएका छन्।
गढिमाइ नगरपालिकाका किसान नथुनी यादवले दुई बिघामा लगाएको गहुँ बाली पानीले पूर्ण रूपमा नष्ट गरेको गुनासो गरे। “वर्षभरि गरेको मेहनत खेर गयो, ।
त्यसैगरी, राजदेवी नगरपालिकाका अर्का किसान राकेश यादवले पनि वर्षाले आफ्नो अधिकांश गहुँ बालीमा क्षति पुर्याएको बताइन्।
बेमौसमी वर्षाले गहुँ बालीमा पुर्याएको क्षतिका कारण किसानहरू निराश भएका छन्। उनीहरूले सरकारसँग उचित राहत र क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
लगातारको वर्षाले धानबाली भित्र्याउन नपाएका किसानहरूलाई गहुँ बालीमा भएको क्षतिले थप समस्यामा पारेको छ। यस्तो प्राकृतिक प्रकोपबाट किसानहरूलाई जोगाउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
यस्तो प्राकृतिक प्रकोपले किसानहरूलाई ठूलो आर्थिक मार पर्ने गरेको छ। सरकार र सम्बन्धित निकायहरूले किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने देखिन्छ। बाली बीमा जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै किसानहरूलाई मौसम पूर्वानुमानको सही जानकारी समयमै पुर्याउन सके यस्ता जोखिमहरू कम गर्न सकिन्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here